स्थानीयका लागि माथिल्लो ताकोसीको सेयर आवेदन दिनेम्याद आजसम्म

यसअघि भदौ १४ गतेसम्मका लागि खुलाइएको सेयर स्थानीयको आग्रहपछि धितोपत्र बोर्डले आजसम्मका लागि थप गरेको थियो ।

आयोजना प्रभावित स्थानीयका लागि खुलाइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयर (आईपीओ) भर्ने अन्तिम म्याद आज (बिहीबार)सम्म हो । यसअघि भदौ १४ गतेसम्मका लागि खुलाइएको सेयर स्थानीयको आग्रहपछि धितोपत्र बोर्डले आजसम्मका लागि थप गरेको थियो ।

कम्पनीले गत साउन १६ गतेदेखि एक सय रुपैयाँ अङ्कित १ अर्ब ५ करोड रुपैयाँ बराबरका १ करोड ५ लाख ९० हजार कित्ता सेयर बिक्री खुला गरेको थियो । कम्पनीको सेयर बिक्री प्रबन्धक नागरिक लगानी कोष र सह बिक्री प्रबन्धक सनराइज क्यापिटल हो । स्थानीयका लागि खुलाइएको उक्त आईपीओ काठमाडौंको सनराइज क्यापिटलबाट भदौ १ गतेसम्म आवेदन दिन पाउने व्यवस्था मिलाइएको थियो ।

स्थानीयवासीले कम्पनीको आईपीओमा न्यूनतम ३० कित्तादेखि अधिकतम ३ सय कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । कम्पनीको सेयरमा आवेदन दिँदा स्थानीयलाई डीम्याट अनिवार्य गरिएको थिएन । साथै आवेदकले जन्मदर्ताका आधारमा पनि सेयरमा आवेदन दिएका थिए ।

स्थानीयको आईपीओ बाँडफाँट भएपछि १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर सर्वसाधरणका लागि खुलाइने छ । कम्पनीले स्थानीय र सर्वसाधरण गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।