नेप्सेमा ग्रिन विकास बैङ्कको ४० करोड रुपैयाँबराबरको ४० लाख कित्ता र प्रभु बैङ्कको २३ करोड २६ लाख रुपैयाँबराबरको २३ लाख २६ हजार २ सय ७८ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीबार ६८ करोड ९ लाख ६३ रुपैयाँबराबरको ६८ लाख ९ हजार ६ सय ३३ कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा आज दुई कम्पनीका हकप्रद सेयर र एकको बोनस सेयर गरी ६८ करोड रुपैयाँबराबरको सेयर सूचीकृत भएको हो ।
नेप्सेमा ग्रिन विकास बैङ्कको ४० करोड रुपैयाँबराबरको ४० लाख कित्ता र प्रभु बैङ्कको २३ करोड २६ लाख रुपैयाँबराबरको २३ लाख २६ हजार २ सय ७८ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । यस्तै नेप्सेमा एसियन लाइफ इन्स्योरेन्सको ४ करोड ८३ लाख रुपैयाँबराबरको ४ लाख ८३ हजार ३ सय ५५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।