कारोबार सुरु भएदेखि बढेको नेप्से ११ अङ्कको वृद्धिपछि घट्न थाल्यो । फेरि ९ अङ्कले बढेको नेप्से त्यसपछि एकाएक गिरावट आउँदै ९ अङ्कले झरेको थियो । त्यसपछि क्रमिक रुपमा केही सुधार देखिएको नेप्से बन्द हुँदा ऋणात्मक ४ अङ्कमा रोकिएको हो ।
तीव्र उतारचढावका बीच साताको अन्तिम दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ अङ्कले घटेर बन्द हुँदा ७९ करोड रुपैयाँको करोबार भएको छ । साताका अघिल्ला दिन लगातार बढेको नेप्से अन्तिम दिन भने घटेर बन्द भएको हो । १ हजार २ सय ३४ दशमलव १५ अङ्कबाट सुरु भएको आजको कारोबार सामान्य गिरावट आउँदै १ हजार २ सय २९ दशमलव ७७ अङ्कमा रोकियो ।
कारोबार सुरु भएदेखि बढेको नेप्से ११ अङ्कको वृद्धिपछि घट्न थाल्यो । फेरि ९ अङ्कले बढेको नेप्से त्यसपछि एकाएक गिरावट आउँदै ९ अङ्कले झरेको थियो । त्यसपछि क्रमिक रुपमा केही सुधार देखिएको नेप्से बन्द हुँदा ऋणात्मक ४ अङ्कमा रोकिएको हो ।
आज नेप्सेमा १ सय ७४ कम्पनीका ८ हजार ५ सय ८५ कारोबारबाट ३२ लाख २८ हजार ५ सय ६९ कित्ता सेयर खरिद बिक्री भई ७९ करोड ३३ लाख ८६ हजार ३ सय ६८ रुपैयाँ बराबरको कारोबार भएको छ, जुन बुधबारको कारोबार रकमभन्दा १० करोडले बढी हो ।
बुधबार नेप्सेमा १ सय ६७ कम्पनीका ७ हजार ७ सय ६५ कारोबारबाट २३ लाख ४१ हजार ८ सय ६३ कित्ता सेयर किनबेच भई ६९ करोड ८० लाख ४६ हजार ८ सय ७६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेप्सेमा सबै वर्गीकृत समूहको कारोबार भई ३ समूहको वृद्धि तथा ८ समूहमा गिरावट आउँदा त्यसको समग्र प्रभाव नेप्सेलाई परेको हो । बजार घटेको दिन आज नेप्सेमा अन्य १४ दशमलव ०५, उत्पादनमूलक २० दशमलव ४१ र व्यापार ३ दशमलव ७६ अङ्कले सुधार आएको छ ।
यस्तै आज नेप्सेमा सबैभन्दा बढी निर्जीवन बिमा ८४ दशमलव ७, जीवन बिमा ३८ दशमलव ८२, जलविद्युत् १५ दशमलव ९६, विकास बैङ्कको १५ दशमलव ९ अङ्कले घटेको छ ।