सातामा नेप्सेसँगै कारोबारमा पनि वृद्धि, सूचक ४८ अङ्कले बढ्दा करिब ३ अर्बको कारोबार

सातामा १ सय ९३ कम्पनीका ३२ हजार २ सय ८५ कारोबारबाट २ अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरका १ करोड दुई लाख ५५ हजार छ सय ८० कित्ता सेयर खरिदबिक्री भएका छन् ।

यस साता सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४८ दशमलव ८ अङ्कले बढेको छ भने कारोबार गत साताभन्दा २ सय ५९ दशमलव ३४ प्रतिशतले बढेको छ । सातामा १ सय ९३ कम्पनीका ३२ हजार २ सय ८५ कारोबारबाट २ अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरका १ करोड दुई लाख ५५ हजार छ सय ८० कित्ता सेयर खरिदबिक्री भएका छन् ।

गत साता नेप्सेमा १ सय ८० कम्पनीका ११ हजार ७ सय ८८ कारोबारबाट ८० करोड ३० लाख सात हजार रुपैयाँ बराबरका २५ लाख ४२ हजार सात सय १० कित्ता सेयर खरिद बिक्री भएका थिए । यो साता ४ दिन सुधार आएको नेप्सेमा कारोबारको अन्तिम दिन बिहीबार गिरावट आएको थियो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८ दशमलव ५५ अङ्कले बढेर २ सय ६० दशमलव ३५ अङ्कमा आइपुगेको छ ।

यस साता सबैभन्दा माथि रहेको एनएमबी बैङ्कको २२ करोड ५० हजार रुपैयाँको कारोबार भएको छ । त्यसैगरी एनएमबी बैङ्ककै ६ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् भने १ हजार ५ सय ४६ ओटा कारोबार भएका छन् ।

यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।