अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना

हेलिकोप्टरमा पाइलट निश्चल केसी सहित ४ जना रहेको बताइएको छ । उक्त हेलिकोप्टर दुर्घटना भएको स्थानमा खोजी शुरु भएकाे छ ।

अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना भएको छ । गोरखाको सानोगाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एअरको हेलिकोप्टर धादिङ र नुवोकोटको बिच जंगलमा दुर्घटना भएको हो ।

हेलिकोप्टरमा पाइलट निश्चल केसी सहित ४ जना रहेको बताइएको छ । उक्त हेलिकोप्टर धादिङको सत्यदेवी क्षेत्रमा दुर्घटना भएको हुन सक्ने बताइएको छ
अल्टिच्युड एअरका डाइरेक्टर सिताराम सापकोटाले एक जना यात्रुको मोबाइलमा सम्पर्क भएको र त्यसैको आधारमा खोजी सुरू भएको बताए ।