धादिङको सत्यदेवीमा अल्टिच्युड एअर हेलिकप्टर दुर्घटना

शनिवार विहान गोरखाको सानोगाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एअरको हेलिकोप्टर उक्त स्थानमा दुर्घटना भएको हो । हेलिकोप्टरमा पाइलट निश्चल केसी सहित ४ जना रहेको बताइएको छ ।

धादिङको सत्यदेवी भन्ने स्थानमा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना भएको खुलेको छ । शनिवार विहान गोरखाको सानोगाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एअरको हेलिकोप्टर उक्त स्थानमा दुर्घटना भएको हो ।

हेलिकोप्टरमा पाइलट निश्चल केसी सहित ४ जना रहेको बताइएको छ । अल्टिच्युड एअरका डाइरेक्टर सिताराम सापकोटाले एक जना यात्रुको मोबाइलमा सम्पर्क भएको बताए । र त्यसैको आधारमा खोजी सुरू भएको बताए ।