अल्टिच्युड एअर हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु

दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसी सहित ७ जना सवार थिए । एक घाइतेको उद्धार गरिएको छ । हेलिकोप्टरमा हिरोमी कामात्सु, दिल्लीबहादुर गुरुङ, हिरा शेर्पा, ल्हो आनि, डोल्मा डिकी, छोवाङ नुर्बु, सुनिल तामाङ, निश्चल केसीको मृत्यु भएको हो सवारमध्ये डोल्मा डिकी मात्रको जीवित उद्धार गरिएको छ ।

शनिवार विहान गोरखाको सानोगाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एअरको हेलिकोप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका–१ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

उक्त दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसी सहित ७ जना सवार थिए । एक घाइतेको उद्धार गरिएको छ । हेलिकोप्टरमा हिरोमी कामात्सु, दिल्लीबहादुर गुरुङ, हिरा शेर्पा, ल्हो आनि, डोल्मा डिकी, छोवाङ नुर्बु, सुनिल तामाङ, निश्चल केसीको मृत्यु भएको हो सवारमध्ये डोल्मा डिकी मात्रको जीवित उद्धार गरिएको छ ।

पर्यटक लिएर शनिबार बिहान गोरखाको सामागाउँ पुगेको हेलिकोप्टरले पर्यटक छाडी त्यहाँबाट काठमाडौँका लागि उडेको थियो।