मृतकको शव आइतबार बिहानै काठमाडौं ल्याई पोष्टमार्टका लागि टिचिङ अस्पतालमा राखिएको बताए । सकभर आजै पोष्टमार्टम सिध्याएर परिवारलाई शव बुझाउने तयारी गरिएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।
अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव काठमाडौं ल्याइएको छ । शनिबार दिउँसो भएको दुर्घटनामा परी ६ जनाको ज्यान गएको थियो ।
नुवाकोटको दुर्गम ठाउँमा भएको दुर्घटनाका कारण शव ल्याउन ढिला भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजुकमार क्षेत्रीले जानकारी दिए । मृतकको शव आइतबार बिहानै काठमाडौं ल्याई पोष्टमार्टका लागि टिचिङ अस्पतालमा राखिएको बताए । सकभर आजै पोष्टमार्टम सिध्याएर परिवारलाई शव बुझाउने तयारी गरिएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।
हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित ७ जना सवार थिए । एक घाइतेको उद्धार गरिएको छ । हेलिकोप्टरमा हिरोमी कामात्सु, दिल्लीबहादुर गुरुङ, हीरा शेर्पा, ल्हो आनि, डोल्मा डिकी, छोवाङ नुर्बु, सुनिल तामाङ तथा पाइलट केसीको मृत्यु भएको हो । सवारमध्ये डोल्मा डिकी मात्रको जीवित उद्धार गरिएको थियो । उनको हाल राजधानीमा उपचार भइरहेको छ ।
यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले सरकारका तर्फबाट आज छानविन समिति बनाउने जानकारी दिए । घटनाको विषयमा विस्तृत अध्ययनका लागि समिति गठनको तयारी भइरहेको प्रवक्ता उपाध्यायको भनाइ छ ।