अल्टिच्युड एयर हेलिकप्टर दुर्घटनाको छानबिन समिति बन्यो

समितिको संयोजकमा सहसचिव बुद्धिसागर लामिछाने र सदस्यहरुमा पाइलट सिद्धार्थ गुरुङ र मेगेन्द्र श्रेष्ठ छन् । उनीहरुले एक साताभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने छन् ।

अल्टिच्युड एयर हेलिकप्टर दुर्घटनाको छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

समितिको संयोजकमा सहसचिव बुद्धिसागर लामिछाने र सदस्यहरुमा पाइलट सिद्धार्थ गुरुङ र मेगेन्द्र श्रेष्ठ छन् । उनीहरुले एक साताभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने छन् ।

शनिवार बिहान गोरखाको सानोगाउँबाट काठमाडौंका लागि उडेको हेलिकप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका–१ बर्सुङचेतको मैलुङपाखाको जङ्गलमा दुर्घटना भएको थियो । दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन् ।

मृतकहरुको शव हाल टिचिङ अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।