सोमबार नेप्से ८ अङ्कले ओरालो

गत साता एकाएक बढेको नेप्सेले यस साता त्यो गति लिन सकेको छैन । १ हजार २ सय १९ दशमलव १४ अङ्कबाट सुरु भएको बजार ८ अङ्कले घट्दै १ हजार २ सय १० दशमलव ८८ अङ्क कायम भएको छ ।

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशमलव १० अङ्कले घटेर बन्द भएको छ । गत साता एकाएक बढेको नेप्सेले यस साता त्यो गति लिन सकेको छैन । १ हजार २ सय १९ दशमलव १४ अङ्कबाट सुरु भएको बजार ८ अङ्कले घट्दै १ हजार २ सय १० दशमलव ८८ अङ्क कायम भएको छ ।

कारोबार सुरु भएदेखि नै घट्न सुरु गरेको बजार ७ अङ्कसम्म तीव्र गतिमा घटेपछि स्थिर भएको थियो । त्यसपछि नेप्सेले साताको पहिलो दिनकै घट्दो गति कायम राख्यो । नेप्से घट्न थालेसँगै कारोबार रकम पनि घट्न थालेको छ । अघिल्लो साता उत्साहजनक कारोबार भएको नेप्सेमा यस साता भने कारोबार खुम्चिँदै आएको छ ।

आज नेप्सेमा १ सय ६२ कम्पनीका ३ हजार ७ सय ९४ कारोबारबाट ११ लाख ५९ करोड २ सय ७२ कित्ता सेयर खरिदबिक्री भई २७ करोड ७४ लाख २२ करोड ९ सय ६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

परिसूचक घटेको दिन आज नेप्सेमा कारोबार भएका १० समूहमध्ये उत्पादनमूलक २४ दशमलव ६८ र लघुवित्त १३ दशमलव ३१ अङ्कले बढेको छ । त्यसबाहेक नेप्सेका सबै सूचक घटेका छन् । आज व्यापार समूहको कारोबार भएन ।

यस्तै निर्जीवन बिमा ५८ दशमलव ५९, होटल ४५ दशमलव ९५, जीवन बिमा २० दशमलव १८, विकास बैङ्क १० दशमलव २८, जलविद्युत् १० दशमलव ७५ अङ्कले घटेका छन् । सोमबार नेप्सेका अन्य समूहमा भने सामान्य गिरावट आएको छ ।