गरिमा विकासले १४ प्रतिशत लाभांश दिने

कम्पनीले १० प्रतिशत बोनस सेयर र करसहित ३ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

गरिमा विकास बैङ्कले आफ्ना लगानीकर्तालाई गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १३ दशमलव ७५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र करसहित ३ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

हाल गरिमा विकासको चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख ७९ हजार ९ सय ९७ रुपैयाँ छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत तथा बैङ्कको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने छ ।

आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गर्ने गरिमा पहिलो विकास बैङ्क बनेको छ ।