नेप्सेमा एक विद्युत् र एक लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत भएका हुन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मङ्गलबार दुई कम्पनीका ५ करोड ८५ लाख रुपैयाँ बराबरका बोनस सेयर सूचीकृत भएका छन् । नेप्सेमा एक विद्युत् र एक लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत भएका हुन् ।
राधी विद्युत् कम्पनीको ४ करोड १० लाख रुपैयाँ बराबरका १ लाख १० हजार ४० कित्ता बोनस सेयर सूचीकृत भएका छन् । यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाको १ करोड ७५ लाख रुपैयाँ बराबरका १ लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।