कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से केही समयमा १ अङ्कको गिरावट आएपनि त्यसपछि लगातार बढ्न थालेको बजारले १० अङ्कसम्मको बिन्दु छोएको थियो । तर, त्यसपछि घट्दै ६ अङ्कको वृद्धि कायम भई स्थिर रहँदै बन्द भएको हो । सूचक बढेसँगै हिजोको तुलनामा मङ्गलबार कारोबार रकम पनि वृद्धि भएको छ ।
साताको तेस्रो दिन मङ्गलबार सेयर बजार मापक नेपाल स्टक (नेप्से) ६ दशमलव ७७ अङ्क बढेको छ । साताका अघिल्ला दुई दिन घटेको नेप्से आज भने एकल अङ्कले सुधार आएको हो । १ हजार २ सय १० दशमलव ८८ अङ्कबाट सुरु भएको बजार ६ अङ्कले बढ्दै १ हजार २ सय १७ दशमलव ६५ अङ्क कायम भएको छ ।
कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से केही समयमा १ अङ्कको गिरावट आएपनि त्यसपछि लगातार बढ्न थालेको बजारले १० अङ्कसम्मको बिन्दु छोएको थियो । तर, त्यसपछि घट्दै ६ अङ्कको वृद्धि कायम भई स्थिर रहँदै बन्द भएको हो । सूचक बढेसँगै हिजोको तुलनामा मङ्गलबार कारोबार रकम पनि वृद्धि भएको छ ।
मङ्गलबार नेप्सेमा १ सय ६७ कम्पनीका ४ हजार ९७ कारोबारबाट १० लाख ९७ हजार ९ सय ११ कित्ता सेयर खरिदबिक्री भई ३३ करोड ३२ हजार ७ सय ६३ रुपैयाँ बराबरको कारोबार भएको छ, जुन सोमबारको कारोबार रकमभन्दा ६ करोड रुपैयाँले बढी हो ।
सोमबार नेप्सेमा १ सय ६२ कम्पनीका ३ हजार ७ सय ९४ कारोबारबाट ११ लाख ५९ करोड २ सय ७२ कित्ता सेयर खरिदबिक्री भई २७ करोड ७४ लाख २२ करोड ९ सय ६७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बजार बढेको दिन आज नेप्सेमा कारोबार भएका समूहमध्ये २ समूहमा गिरावट आएको छ । आज वित्त शून्य दशमलव २६ र निर्जीवन बिमा ६५ दशमलव २८ अङ्कले घटेको छ । यस्तै, आज सबैभन्दा बढी होटल ४९ दशमलव ४८, जीवन बिमा १८ दशमलव ६३, विकास बैङ्क १५ दशमलव ६४, उत्पादनमूलक २४ दशमलव ७ अङ्कले बढेका छन् भने अरु समूहमा सामान्य सुधार आएको छ ।
नेप्से बढेको दिन आज किसन माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने राष्ट्रिय बिमा कम्पनीको प्रमोटर सेयर ७ दशमलव ८५ प्रतिशतले घटेको छ ।