स्वदेशी लघुवित्तले १० प्रतिशत नगद लाभांश दिने

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १ः१ को अनुपातमा जारी गरेको हकप्रद सेयरपछि कायम हुने चुक्ता पुँजीबाट नगद लाभांश दिने भएको हो ।

स्वदेशी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीका लागि १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १ः१ को अनुपातमा जारी गरेको हकप्रद सेयरपछि कायम हुने चुक्ता पुँजीबाट नगद लाभांश दिने भएको हो ।

स्वदेशीले १० प्रतिशतका दरले हुन आउने २ करोड ३० लाख रुपैयाँ नगद र कर प्रयोजनका लागि १२ लाख १० हजार ५ सय २६ रुपैयाँ दिने भएको छ ।

कम्पनीको १ः१ अनुपातको हकप्रदपछि कम्पनीको चुक्ता पुँजी २३ करोड रुपैयाँ पुग्ने छ । लघुवित्तको सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैङ्कको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि मात्र लागू हुनेछ ।