सेयर बजारमा उत्साहजनक वृद्धि, नेप्से १३ अङ्कले उकालो

मङ्गलबार १ हजार २ सय १७ दशलमव ६५ अङ्क कायम भई बन्द भएको कारोबार आज १३ अङ्क बढेसँगै १ हजार २ सय ३० दशमलव ७१ अङ्क पुगेको छ । नेप्सेमा आज मङ्गलबारको तुलनामा परिसूचकका साथै कारोबार रकम पनि बढेको छ ।

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार १३ दशमलव ०६ अङ्कले बढेर बन्द भएको छ । साताका अघिल्ला दुई दिन लगातार घटेको नेप्से मङ्गलबारदेखि बढ्न थालेको छ । तर, मङ्गलबार सामान्य अङ्कले उकालो लागेको नेप्से बुधबार भने १३ अङ्कले बढेको छ ।

मङ्गलबार १ हजार २ सय १७ दशलमव ६५ अङ्क कायम भई बन्द भएको कारोबार आज १३ अङ्क बढेसँगै १ हजार २ सय ३० दशमलव ७१ अङ्क पुगेको छ । नेप्सेमा आज मङ्गलबारको तुलनामा परिसूचकका साथै कारोबार रकम पनि बढेको छ ।

बुधबार कारोबार सुरु भएदेखि बढेको नेप्से २ अङ्कको वृद्धिपछि केही स्थिर रहँदै उकालो लागेको थियो । त्यसपछि लगातार बढ्दै ७ अङ्क बढेपछि केही ओरालो लाग्ने सङ्केत देखाएपनि नेप्सेले साताको चौथो दिन दोहोरो अङ्कको वृद्धि छोएको हो ।

बुधबार नेप्सेमा १ सय ६५ कम्पनीका ४ हजार १ सय ७२ कारोबारबाट १३ लाख ९१ हजार ३ सय ९३ कित्ता सेयर खरिदबिक्री भई ४३ करोड २ लाख ३६ हजार ६ सय २० रुपैयाँ बराबरको कारोबार भएको छ, जुन मङ्गलबारको कारोबार रकमभन्दा १० करोडले बढी हो ।

मङ्गलबार नेप्सेमा १ सय ६७ कम्पनीका ४ हजार ९७ कारोबारबाट १० लाख ९७ हजार ९ सय ११ कित्ता सेयर खरिदबिक्री भई ३३ करोड ३२ हजार ७ सय ६३ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बजार बढेको दिन आज नेप्सेमा एनआईसी एसियाको सबैभन्दा बढी ३ सय ८ कित्ता सेयर कारोबार भएको छ । यस्तै नेप्सेमा आज रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ५ दशलमव २६ प्रतिशतले बढेको छ भने आईसीएफसी फाइनान्सको सेयर मूल्य ५ दशमलव ८ प्रतिशतले घटेको छ ।

आज नेप्सेमा वर्गीकत समूहमध्य व्यापार समूहको कारोबार भएन भने दुई समूहमा गिरावट आए पनि ८ समूहमा वृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेप्सेमा परेको हो । नेप्सेमा उत्साहजनक वृद्धि आउँदा होटल १ दशमलव ४१, फाइनान्स २ दशमलव २३ तथा उत्पादनमूलक २ दशमलव ६८ अङ्कले घटेको छ । यस्तै आज सबैभन्दा बढी निर्जीवन बिमा ११३ दशमलव ५२, लघुवित्त १५ दशमलव ८८, विकास बैङ्क १४ दशमलव ८४, बैङ्किङ १३ दशमलव ९८, अङ्कले बढेका छन् । अरु समूहमा पनि बुधबार सामान्य अङ्कले बढेका छन् ।