कम्पनीले सय रुपैयाँ अङ्कित ११ लाख १६ हजार आईपीओ खुला गरेको हो । कालिका पावरको १२ लाख सेयरमध्ये २४ हजार कित्ता कर्मचारीलाई र ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको जनाएको छ ।
कालिका पावर कम्पनीको सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) आजदेखि खुला भएको छ । कम्पनीले सय रुपैयाँ अङ्कित ११ लाख १६ हजार आईपीओ खुला गरेको हो । कालिका पावरको १२ लाख सेयरमध्ये २४ हजार कित्ता कर्मचारीलाई र ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको जनाएको छ ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई तोकिएको छ । आवेदकले कालिका पावरको सेयरमा कम्तीमा ५० कित्तादेखि बढीमा ६ हजार कित्तासम्ममा आवेदन दिन पाउने छन् ।
बिक्री प्रबन्धकका अनुसार सेयर निष्कासन छिटोमा असोज १ गतेसम्म र ढिलोमा २८ गतेसम्म खुला हुनेछ । गत आर्थिक वर्षसम्म उक्त कम्पनीको प्रतिसेयर आम्दानी शून्य दशमलव ५० रुपैयाँ छ । आयोजनाको कुल लागत १ अर्ब ३८ करोड रुपैयाँ छ ।