हाल २४ हजार ६ सय ३३ रुपैयाँ प्रतिकित्तामा सेयर बिक्री भइरहेको युनिलिभरले गत आर्थिक वर्षमा ९९ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
युनिलिभर नेपालले आफ्ना सेयरधनीलाई प्रतिकित्ता ७ सय रुपैयाँका दरले लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको उक्त निर्णय युनिलिभरको वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लागू हुनेछ ।
कम्पनीले गत आर्थिक वर्षमा प्रतिकित्ता १२ सय ७० रुपैयाँ लाभांश दिएको भए पनि यस वर्ष त्यसको तुलनामा कम लाभांश वितरण गर्ने भएको हो । हाल २४ हजार ६ सय ३३ रुपैयाँ प्रतिकित्तामा सेयर बिक्री भइरहेको युनिलिभरले गत आर्थिक वर्षमा ९९ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।