कम्पनीको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि मात्र लागू हुनेछ ।
मुक्तिनाथ विकास बैङ्कले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट कायम चुक्ता पुँजीको १९ दशमलव २१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १९ दशमलव २१ प्रतिशतका दरले हुने ४९ करोड ७८ लाख ९१ हजार ३ सय ७५ रुपैयाँबराबरको लाभांश दिने भएको हो ।
मुक्तिनाथले १८ दशमलव २५ प्रतिशतका दरले ४७ करोड २९ लाख ९६ हजार ८ सय ६ रुपैयाँबरारबको बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९६ प्रतिशतका दरले २ करोड ४८ लाख ९४ हजार ५ सय ६९ रुपैयाँबराबरको नगद लाभांश दिने जनाएको छ ।
कम्पनीको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि मात्र लागू हुनेछ ।