पुनर्निर्माणपछि मन्दिरका पुजारीलाई साँचो हस्तान्तरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण नसकिएसम्म पर्यटकहरुलाई आकर्षित गर्न नसकिने बताएका छन् ।
भूकम्पले क्षतिग्रस्त वंशगोपाल मन्दिर पुनर्निर्माण सकिएको छ । काठमाडौंको वसन्तपुरमा रहेको सो मन्दिरको पुनर्निर्माण सकिएलगत्तै बिहीबार हस्तान्तरण गरिएको छ ।
पुनर्निर्माणपछि मन्दिरका पुजारीलाई साँचो हस्तान्तरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण नसकिएसम्म पर्यटकहरुलाई आकर्षित गर्न नसकिने बताएका छन् । ‘यिनै सम्पदाहरुकै कारण भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपालमा भिœयाउन सम्भवन हुन्छ,’ मन्त्री अधिकारीले भने, ‘सबै सम्पदाहरु त्यो बेलासम्म पुनर्निर्माण भइसक्नुपर्छ ।’ उनले सम्पदाहरु ढले देश उठ्न नस्कने बताउँदै ती सम्पदाहरुलाई विदेशी दाताहरुको सहयोग लिएर भए पनि मौलिकता झल्कने गरी पुनर्निर्माण गर्नुपर्नेमा जोड दिए ।
नेपालको मौलिक कलामा बनेको सम्पदाकै कारण धेरै पर्यटक आउने गरेको उनको भनाइ छ । भूकम्पबाट क्षतिग्रस्त सम्पदा तीव्र रुपमा पुनर्निर्माण गरिसक्ने बताएका छन् । पुरातङ्खव विभागका महानिर्देशक भेषनारायण दाहालले वंशगोपाल मन्दिरको पुनर्निर्माण २ करोड ८३ लाख लागतमा सम्पन्न भएको जानकारी दिए । हनुमानढोका क्षेत्रका १५÷१६ ओटा सम्पदाको पुननिर्माण सकिइसकेको पुरातत्त्व विभागको भनाइ छ ।