बजार बढेको दिन नेप्सेमा वर्गीकृत ११ समूहमध्ये व्यापारको कारोबार नभई ३ समूहको सूचक घटे पनि बजारमा त्यसको प्रभाव परेन् । बजार बढेको दिन निर्जीवन बिमा ४१ दशमलव ४१, जिवन बिमा ११ दशमलव १८ र लघुवित्त ० दशमलव ६९ अङ्कले घटेको छ ।
साताको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ अङ्कले बढेदा ७३ करोड रुपैयाँबराबरको कारोबार भएको छ । बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेसँगै कारोबार रकम पनि बढेको छ । १ हजार २ सय ३० दशमलव ८९ अङ्कबाट सुरु भएको नेप्से १४ दशलमव १३ अङ्कको वृद्धि आएसँगै १ हजार २ सय ४४ अङ्क कायम भएको छ ।
साताका अघिल्ला दुई दिन लगातार घटेको नेप्से मङ्गलबार यता भने बढ्दै आएको छ । दुई दिन सामान्य रुपमा घटेको नेप्से मङ्गलबार बाहेक दोहोरो अङ्कले बढिरहेको छ । कारोबार रकम पनि आइतबार र सोमबारको तुलनामा पछिल्ला तीन दिन बढी भएको छ ।
काराबार सुरु भएदेखि बढ्न थालेको नेप्सेमा १३ अङ्कको वृद्धि आएपछि बढेकै अवस्थामा केही घटे पनि फेरि बढ्दै १४ अङ्कको वृद्धि भेट्टायो । केही उतारचढाव देखिँदै उकालो लागेको नेप्से अन्तिम समयमा आफ्नो बढ्दो बाटो समाउँदै दोहोरो अङ्कको वृद्धि छाएको हो ।
नेप्से परिसूचक करिब साढे १२ सय अङ्क नजिक पुगेको दिन आज नेप्सेमा १ सय७३ कम्पनीका ७ हजार ४ सय ३६ कारोबारबाट २७ लाख ११ हजार १ सय १० कित्ता सेयर खरिदबिक्री भई ७२ करोड ९८ लाख ५ हजार ५ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको छ, जुन बुधबारको कारोबार रकमभन्दा करिब ३ करोडले बढी हो ।
बुधबार नेप्सेमा १ सय ६५ कम्पनीका ४ हजार १ सय ७२ कारोबारबाट १३ लाख ९१ हजार ३ सय ९३ कित्ता सेयर खरिदबिक्री भई ४३ करोड २ लाख ३६ हजार ६ सय २० रुपैयाँबराबरको कारोबार भएको थियो ।
बजार बढेको दिन नेप्सेमा वर्गीकृत ११ समूहमध्ये व्यापारको कारोबार नभई ३ समूहको सूचक घटे पनि बजारमा त्यसको प्रभाव परेन् । बजार बढेको दिन निर्जीवन बिमा ४१ दशमलव ४१, जिवन बिमा ११ दशमलव १८ र लघुवित्त ० दशमलव ६९ अङ्कले घटेको छ ।
यस्तै आज नेप्सेमा सबैभन्दा बढी होटल समूहको ३२ दशमलव १९, अन्य २२ दशमलव २९, बैङ्किङ १६ दशमलव २, विकास बैङ्क ११ दशमलव २७ अङ्कले बढेको छ भने अरु समूहमा सामान्य वृद्धि देखिएको छ ।
बिहीबार नेप्सेमा सबैभन्दा बढी एनएमबी बैङ्कको ४ सय १२ कित्ता सेयर किनबेच भएको छ । यस्तै, नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ दशलमव ८ प्रतिशतले बढेको छ भने भार्गव विकास बैङ्कको सेयर मूल्य ४ दशमलव ५४ प्रतिशले ओरालो लागेको छ ।