लुक्लामा दुई सय पचास पर्यटक अलपत्र

मौसम खराबीका कारण कुनै पनि उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । मौसम सुधार हुनेबित्तिकै जहाजलाई त्यसतर्फ पठाउने उनले जानकारी दिए ।

पदयात्राका लागि सोलुखुम्बु पुगेका अढाइ सय पर्यटक ६ दिनदेखि अलपत्र परेका छन् । मौसममा आएको खराबीका कारण हवाई उडान हुन नसकेपछि ती पर्यटक अलपत्र परेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का महासचिव आङपेम्बा शेर्पाले जानकारी दिए ।

शेर्पाका अनुसार गएको आइतबारदेखि कुनै पनि जहाजले उडान भर्न नसकेका कारण ती पर्यटक अलपत्र परेका हुन् । लुक्लामा रहेको लुक्ला विमानस्थलमा तारा, सीता र समिटले दैनिक १२ ओटा उडान गर्दै आएका छन् ।

मौसम खराबीका कारण कुनै पनि उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । मौसम सुधार हुनेबित्तिकै जहाजलाई त्यसतर्फ पठाउने उनले जानकारी दिए ।