तामाकोसीको सेयर दसैंपछि बाँडफाँट

कम्पनीले सर्वसाधारणका लागि चुक्ता पुँजीको १५ प्रतिशतका दरले १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँबराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन गर्नेछ ।

स्थानीयका लागि खुलाइएको माथिल्लो तामाकोसीको साधारण सेयर (आईपीओ) दसैंपछि मात्र बाँडफाँट हुने भएको छ । भदौ २१ गतेसम्मका लागि खुलाइएको सेयरमा मागभन्दा तीन गुणा बढीको आवेदन परेको थियो ।

माथिल्लो तामाकोसी आयोजनाका अनुसार सेयर बाँडफाँट दसैंपछि कात्तिकमा मात्र हुने भएको हो । कम्पनीले सर्वसाधारणका लागि चुक्ता पुँजीको १५ प्रतिशतका दरले १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँबराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन गर्नेछ ।

जसमा २ लाख १५ हजार स्थानीयवासीबाट करिब तीन अर्ब रुपैयाँबराबरको आवेदन परेको कम्पनीले जनाएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर निष्कासन गरेको थियो ।

यस्तै कम्पनीले स्थानीयवासीका लागि १ अर्ब ५ करोड ९० लाख रुपैयाँबराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन गरेको छ । आवेदकले कम्तीमा ३० कित्तादेखि अधिकतम ३ सय कित्तासम्म आवेदन दिएका थिए ।