क्यानका उपमहानिर्देशक राजन पोखरेलले थप छानबिनका लागि उडानमा रोक लगाइएको बताएका छन् । ‘सेफ्टी एसेसमेन्टका लागि कम्पनीलाई निर्देशन दिएका छौं,’ क्यानका उपमहानिर्देशक पोखरेलले भने, ‘त्यो पूरा भएपछि मात्र उडान गर्न अनुमति दिन्छौं ।’
अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको ६ दिनपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले छानबिनका लागि भन्दै उडान रोकेको छ । तर हेलिकप्टर कम्पनीले भने दुर्घटना भएपछि आन्तरिक रुपमा उडान रोकेको थियो ।
क्यानका उपमहानिर्देशक राजन पोखरेलले थप छानबिनका लागि उडानमा रोक लगाइएको बताएका छन् । ‘सेफ्टी एसेसमेन्टका लागि कम्पनीलाई निर्देशन दिएका छौं,’ क्यानका उपमहानिर्देशक पोखरेलले भने, ‘त्यो पूरा भएपछि मात्र उडान गर्न अनुमति दिन्छौं ।’
गएको शनिबार गोरखाको सानोगाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका–१ बर्सुङचेतको मैलुङपाखाको जङ्गलमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा पाइलटसहित ६ जनाको मृत्यु भएको थियो । हेलिकप्टर दुर्घटनासम्बन्धी छानबिनका लागि आइतबार नै सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
यस अघि मनाङ एयरलाई पनि क्यानले ११ दिनपछि उडान अनुमति दिएको थियो ।