मन्त्री अधिकारीले राखेको प्रस्तावमा अस्ट्रियाका राजदुत हेल्चोस्टोफरले आफ्नो देशलाई यस विषयको जानकारी गराउने बताए । उनले काठमाण्डौबाट अस्ट्रियासम्म सिधा हवाई उडान गर्न समेत प्रस्ताव राखेका छन् । यस्तै नेपालको सांस्कृतिक आदानप्रदानको सम्बन्धमा र नेपालका पुरातात्विक साइटहरूको विकासमा चासो राखेका छन् ।
युरोपिएन युनियन(ईयु)को कालो सुचीबाट हटाउन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पहल सुरु गरेका छन् । ईयुको कालो सुचीकै कारण नेपालले युरोपिएन मुलुकहरुमा उडान भर्न नपाएको भन्दै मन्त्री अधिकारीले सम्बन्धीत निकाय सँग छलफल अगाडी बढाएका हुन् ।
शुक्रबार ईयुको अध्यक्ष राष्ट्रको रुपमा रहेको अस्ट्रियाका राजदूत हेल्चोस्टोफर सँग मन्त्रालयमा भएको दुईपक्षिय भेटमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले नेपाललाई कालो सूचीबाट हटाएर अवार्ड दिइसकेको बताउदै ईयुलाई पनि त्यस प्रति गम्भिर हुन आग्रह गरेका छन् ।
मन्त्री अधिकारीले अस्ट्रियाका राजदूतलाई नेपालमा सञ्चालित जहाजहरु र हेलिकप्टरहरु युरोपबाट खरिद गर्ने गरेको र त्यहि जहाज युरोपमा उडान भर्न नपाएको बताए । उनले हवाइ क्षेत्रमा आएको सुधारको विषयमा अवलोकन गर्न सुझाव दिदै यसै बर्ष भित्रमा कालो सूचीबाट हटाउन आग्रह गरेका हुन् ।
यस्तै नेपालले भ्रमण बर्ष २०२० मनाउन लागिरहेको बताउदै अस्ट्रियाबाट पनि नेपालमा पर्यटकहरु भित्राउनका लागि आवश्यक सहयोग गरिदिन समेत अनुरोध गरेका छन् । अस्ट्रियाका सहरहरुमा नेपालको प्रचार प्रसार गरिदिन मन्त्री अधिकारीले राजदुतलाइ भनेका छन् ।