ग्राउन्डेड मकालु आज र सगरमाथा भोलिबाट सञ्चालनमा आउने

एयरलाइन्सका महाप्रवन्धक सुगतरत्न कंशाकारले विहीबार ग्राउण्डेड मकालु एयरबस ए ३३० शनिवार साझ र चरा ठोक्किएर ग्राउन्डेड भएको सगरमाथा ए ३२० आइतबार साझ सम्ममा सञ्चालनमा आइसक्ने बताए ।

नेपाल एयरलाइन्सले ग्राउन्डेड भएको दुई वटै जहाज सञ्चालनमा ल्याउने भएको छ । एयरलाइन्सका महाप्रवन्धक सुगतरत्न कंशाकारले विहीबार ग्राउण्डेड मकालु एयरबस ए ३३० शनिवार साझ र चरा ठोक्किएर ग्राउन्डेड भएको सगरमाथा ए ३२० आइतबार साझ सम्ममा सञ्चालनमा आइसक्ने बताए ।

उनले एयरबस कंपनी संग परामर्श पछि मर्मत कार्य शुरु गरिएको जानकारी दिएका छन् । विहीबार दिल्लीबाट काठमाडौं आएको मकालु जहाज दिउँसो अवतरण भएपछि (डेन्ट) कोरिएको पाइएपछि ग्राउन्डेड गरिएको थियो । यस्तै गत साता विहीबार चरा ठोकिएर सगरमाथा पनि ग्राउन्डेड भएको थियो ।