म्यानपावर सञ्चालकहरुको धरौटी रकम नबढाउन दवाव दिएपनि मन्त्रालयले धरौटी रकम बढाएर ६ करोड पु¥याएको हो ।
अन्ततः श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले म्यानपावरहरुको धरौटी रकम बढाएको छ । म्यानपावर सञ्चालकहरुको धरौटी रकम नबढाउन दवाव दिएपनि मन्त्रालयले धरौटी रकम बढाएर ६ करोड पु¥याएको हो ।
श्रम मन्त्री गोकर्ण विष्टले म्यानपावर कम्पनीको सङख्या धेरै हुँदा नियमनमा समेत समस्या भएको र ठगीको सङ्ख्या पनि बढेको भन्दै म्यानपावरको सङ्ख्या कम गर्न ६ करोड धरौटी रकम पु¥याउने प्रस्ताव मन्त्री परिषदमा राखेका थिए । शुक्रवार राती बसेको मन्त्री परिषदको बैठकले धरौटी रकम बढाउन स्वीकृती दिएको हो । यसअघि ७ लाख नगद र २३ लाख बैङ्क ग्यारेन्टी गरी ३० लाख धरौटी रहेको कम्पनीमा अबदेखि २ करोड नगद र ४ करोड बैङ्क ग्यारेन्टी तोकेको हो ।
यसैविच वैदेशिक रोजगार सघंका अध्यक्ष रोहन गुरुङले सरकारले बढाएको धरौटी रकमले अव सिमित व्यक्तिहरुको हातमा मात्र म्यानपावर कम्पनीहरु रहने बताए । सरकारले बढाएको धरौटी रकमले वैदेशीक रोजगारको समस्या समधान भन्दा भन्दा झन विकृती फैलने बताउदै पुनविचार गर्न माग गरेका छन् ।