सात सय प्रतिशत लाभांश दिएको युनिलिभर नेप्सेको कारबाहीमा 

नेप्सेका अनुसार भदौ १२ गते कम्पनीको सञ्चालक समितिले गरेको लाभांशको निर्णय भदौ २८ गते मात्र नेप्सेलाई जानकारी दिइएको थियो । कम्पनीले मङ्गलबार मात्र ७ सय प्रतिशत लाभांश घोषणा गरेको थियो ।

लगानीकर्तालाई प्रतिकित्ता सात सय प्रतिशत लाभांश घोषणा गरेको युनिलिभर नेपाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारबाहीमा परेको छ ।

नेप्सेले युनिलिभर नेपाललाई २४ घण्टे स्पष्टीकरण सोध्दै कारोबार रोकिदिएको छ । युनिलिभरको सञ्चालक समितिले गरेको निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै नेप्सेले कम्पनीलाई कारबाही गरेको हो ।

नेप्सेका अनुसार भदौ १२ गते कम्पनीको सञ्चालक समितिले गरेको लाभांशको निर्णय भदौ २८ गते मात्र नेप्सेलाई जानकारी दिइएको थियो । कम्पनीले मङ्गलबार मात्र ७ सय प्रतिशत लाभांश घोषणा गरेको थियो ।

सूचना प्रकाशन गर्दै नेप्सेले धितोपत्र बजारको मूल्यलाई प्रभाव पार्ने खालका सूचना तत्काल नेप्सेलाई उपलब्ध गराउनुपर्ने जनाउँदै कारोबार स्थगन गरिएको बताएको छ ।