नेप्सेमा साढे बाह्र सय बिन्दुको टेको

साताको पहिलो दिन आइतबार नेप्से ११ दशमलव ६९ अङ्कले बढेर उच्च अङ्क कायम भई बन्द भएको हो । आज आइतबार परिसूचकसँगै नेप्सेको कारोबार रकममा पनि भारी वृद्धि आउँदै एक अर्ब नजिक पुगेको छ ।

पछिल्ला केही दिनयता लगातार बढिरहेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साढे १२ सय अङ्क पार गरेको छ । साताको पहिलो दिन आइतबार नेप्से ११ दशमलव ६९ अङ्कले बढेर उच्च अङ्क कायम भई बन्द भएको हो । आज आइतबार परिसूचकसँगै नेप्सेको कारोबार रकममा पनि भारी वृद्धि आउँदै एक अर्ब नजिक पुगेको छ ।

यसअघि नेप्से घटेर १ हजार १ सय ६३ अङ्कको बिन्दुमा आएको थियो । तर, त्यसयता उतार चढावका बीच बढिरहेको नेप्से उच्च बिन्दुमा पुगेको छ । १ हजार २ सय ४५ दशमलव ११ अङ्कबाट सुरु भएको बजार दोहोरो अङ्कले बढ्दै १ हजार २ सय ५६ दशमलव ५३ अङ्क कायम भएको छ ।

कारोबार सुरु भएदेखि बढेको नेप्से लगातार बढ्दै २४ अङ्कको वृद्धि भएको थियो । तर, त्यसपछि केही अङ्कले घटेको नेप्से बढेकै अवस्थामा ११ अङ्कसम्म तल झरेको थियो । लगत्तै बढ्दै नेप्सेल नयाँ बिन्दु कायम गरेको हो ।

आज बजार बढेको दिन नेप्सेमा १ सय ६६ कम्पनीका ८ हजार ९ हजार १६ ३० लाख ७० हजार २ सय ३१ कित्ता सेयर खरिद बिक्री भई ९१ करोड ५२ लाख ९२ हजार २ सय ४ रुपैयाँ बराबरको कारोबार भएको छ, जुन बिहीबारको कारोबार रकमभन्दा १९ करोडले बढी हो ।

गत साताको अन्तिम दिन बिहीबार नेप्सेमा १ सय ७३ कम्पनीका ७ हजार ४ सय ३६ कारोबारबाट २७ लाख ११ हजार १ सय १० कित्ता सेयर खरिद बिक्री भई ७२ करोड ९८ लाख ५ हजार ५ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

परिसूचक बढेको दिन नेप्सेमा आज कारोबार भएका सबै समूहमा सकारात्मक सुधार आएको छ । सबैभन्दा बढी जीवन बिमा ४८ दशमलव ५, उत्पादनमूलक २६ दशमलव ५१, विकास बैङ्क २० दशमलव ६८ र निर्जीवन बिमा २० दशमलव १९ अङ्कले बढेको छ ।