लुक्लामा अलपत्र पर्यटक फर्किन थाले

पदयात्राका लागि सोलुखुम्बु पुगेका अढाइ सय पर्यटक करिब एक साता अलपत्र परेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का महासचिव आङपेम्बा शेर्पाले जानकारी दिए ।

एक सातापछि लुक्लाको मौसम खुलेसँगै अलपत्र परेका पर्यटकहरु काठमाडौं फर्किन थालेका छन् । मौसम खराबीका कारण गत आइतबारदेखि नै त्यहाँ कुनै पनि जहाज जान सकेका थिएनन् ।

आइतबार १०/१२ ओटा उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । लुक्ला विमानस्थलमा तारा, सीता र समिटले उडान गर्दै आएका छन् । पदयात्राका लागि सोलुखुम्बु पुगेका अढाइ सय पर्यटक करिब एक साता अलपत्र परेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का महासचिव आङपेम्बा शेर्पाले जानकारी दिए ।

अलपत्र परेकामध्ये अधिकांश पर्यटकहरु आइतबार आएका र बाँकी सोमबार काठमाडौं आइपुग्नेछन् ।