केजीएच ग्रुपले पायो लिडिङ हेरिटेजदेखि मस्ट रोमान्टिक होटलको अवार्ड

होटलले लिडिङ हेरिटेज, लिडिङ बुटिक, लिडिङ सीएसआर, लिडिङ मिटिङ एन्ड कन्फेरेन्स र मस्ट रोमान्टिक होटलको अवार्ड पाएको हो । केजीएज गु्रपअन्तर्गत हेरिटेज र बुटिकको अवार्ड काठमाडौं गेष्ट हाउस, मिटिङ र कन्फेरेन्समा पार्क भिलेज र मस्ट रोमान्टिकतर्फ हिमालयन फ्रन्ट होटलले पाएका छन् ।

काठमाडौं गेष्ट हाउस (केजीएच) ग्रुप साउथ एसियन ट्राभल अवार्ड २०१८ बाट सम्मानित भएको छ । शनिबार मुम्बईमा सम्पन्न अवार्ड वितरण कार्यक्रममा केजीएच ग्रुपले पाँच विधामा अवार्ड पाएको हो ।

होटलले लिडिङ हेरिटेज, लिडिङ बुटिक, लिडिङ सीएसआर, लिडिङ मिटिङ एन्ड कन्फेरेन्स र मस्ट रोमान्टिक होटलको अवार्ड पाएको हो । केजीएज गु्रपअन्तर्गत हेरिटेज र बुटिकको अवार्ड काठमाडौं गेष्ट हाउस, मिटिङ र कन्फेरेन्समा पार्क भिलेज र मस्ट रोमान्टिकतर्फ हिमालयन फ्रन्ट होटलले पाएका छन् ।

अवार्ड प्राप्त गरेपछि केजीएच ग्रुपकी कार्यकारी निर्देशक त्रिशाग्नि शाक्यले आफूलाई गर्व महसुस भएको बताइन् । ‘यो सफलता सम्पूर्ण टिमका कारण प्राप्त भएको हो,’ शाक्यले भनिन्, ‘सीएसआर होटलको मान्यता पाएकोमा धेरै खुसी लागेको छ ।’ शाक्यले अहिले पाएको अवार्डले ग्रुपलाई झन् चुनौती थपेकाले चुनौतीको सामना गर्दै ग्राहकको सेवामा लागिरहने बताइन् ।

केजीएच ग्रुपका काठमाडौंको ठमेलमा काठमाडौं गेस्ट हाउस, बूढानीलकण्ठमा पार्क भिलेज होटल, नक्सालमा माया म्यानोर बुटिक होटल, पोखरामा हिमालयन फ्रन्ट होटल र वाटरफ्रन्ट रिसोर्ट, लुम्बिनीमा बुद्धमाया ग्रान्ड होटल तथा चितवन राष्ट्रिय निकुञ्जमा मारुणी सेन्चुरी लज सञ्चालनमा छन् ।