निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले कार्यकारी अध्यक्षमा खरेललाई नियुक्तीलाई ट्वीट मार्फत एनएसी व्यवस्थापनमा एक रोचक मोड भएको बताएका छन् ।
नेपाल वायुुसेवा निगमको अध्यक्षमा मदन खरेललाई नियुक्त गरेको छ । आइतबार राती बसेको मन्त्रिपरिषदको बैठकले दुई दिन अघि मात्र सञ्चालक समितिको सदस्यमा नियुक्त भएका खरेललाई अध्यक्ष बनाएको हो ।
सञ्चारमन्त्री गोकुल बास्कोटाले नेपाल वायुसेवा निगम ऐन दफा ४ को ५ मा भएको व्यवस्थाअनुसार खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गरेको बताए । यसअघि २०७० जेठ १४ गते चार वर्षका महाप्रबन्धक भएका खरेलले एक वर्षभित्रै राजिनामा दिएका थिए।
यसैविच निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले आफ्नो कार्यकाल ८ महिना बाकि रहेकोले निगममै रहेर काम गर्ने बताए ।उनले भनेका छन्, निगम व्यवस्थापनमा रमाइलो मोड आएको छ, नेपाल सरकारले निगमका पूर्व प्रबन्ध निर्देशकलाई आइतवार कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ तर मैले सिइओबाट राजिनामा दिन्न र बिना कार्यकारी अधिकार नै बस्छु ।