जनसेवी लघुवित्तले ४ करोड बराबरको आईपीओ जारी गर्ने

कम्पनीले एक सय रुपैयाँ अङ्कित चार करोड २० लाख रुपैयाँ बराबरका ४ लाख २० हजार कित्ता आईपीओ निष्कासनको अनुमति मागेको हो ।

जनसेवी लघुवित्त वित्तीय संस्थाले साधारण प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अङ्कित चार करोड २० लाख रुपैयाँ बराबरका ४ लाख २० हजार कित्ता आईपीओ निष्कासनको अनुमति मागेको हो ।

कम्पनीले निष्कासन गर्ने सेयरको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल तोकिएको छ । आईपीओ जारी गरेपछि कम्पनीको चुक्ता पुँजी १४ करोड रुपैयाँ पुग्नेछ ।
हाल वित्तीय संस्थाको पर्वत, बाग्लुङ, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहुँ, लम्जुङ र गोर्खा गरी १० जिल्ला कार्यक्षेत्र छन् । संस्थाले २१ ओटा शाखा कार्यालयमार्फत् वित्तीय सेवा प्रदान गर्दे आएको छ ।