नेप्से परिसूचकसँगै कारोबार पनि घट्यो

१ हजार २ सय ५६ दशमलव ५५ अङ्कबाट सुरु भएको बजार स्थिर रहँदै शून्य दशमलव १३ अङ्कले घट्दै कारोबार बन्द भएको छ । योसँगै पछिल्लो समय लगातार बढिरहेको बजारमा एकाएक ब्रेक लागेको छ ।

साताको दोस्रो दिन सोमबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्थिर रहँदै शून्य दशमलव १३ अङ्कले घटेको छ । १ हजार २ सय ५६ दशमलव ५५ अङ्कबाट सुरु भएको बजार स्थिर रहँदै शून्य दशमलव १३ अङ्कले घट्दै कारोबार बन्द भएको छ । योसँगै पछिल्लो समय लगातार बढिरहेको बजारमा एकाएक ब्रेक लागेको छ ।

कारोबार सुरु भएदेखि घट्ने छाँट देखाएको बजारले ८ अङ्कको गिरावटपछि उकालो लाग्दै ३ अङ्कको सुधार देखाएको थियो । त्यसपछि पुनः बजारले ओरालो बाटो लिँदै ३ अङ्क घटेपछि यू टर्न लिँदै बढेको बजार फेरि घट्दै स्थिर अवस्थामा बन्द भएको हो ।

आज नेप्सेमा १ सय ६७ कम्पनीका ६ हजार ९ सय ४१ कारोबारबाट २४ लाख २५ हजार ३ सय ३ कित्ता सेयर किनबेच भई ६८ करोड ७६ लाख ८८ हजार ६ सय ५३ रुपैयाँबराबरको कारोबार भएको छ, जुन आइतबारको कारोबार रकमभन्दा २३ करोडले कम हो ।

हिजो आइतबार नेप्सेमा १ सय ६६ कम्पनीका ८ हजार ९ सय कारोबारबाट ३० लाख ७० हजार २ सय ३१ कित्ता खरिदबिक्री भई ९१ करोड ५२ लाख ९२ हजार २ सय ४ रुपैयाँबराबरको कारोर भएको थियो ।

नेप्से घटेको दिन आज ५ समूहमा वृद्धि भएको छ । तर काराबोर भएको समूहमध्ये ६ समूहमा गिरावट आउँदा नेप्से ओरालो लागेको हो । आज सबैभन्दा बढी निर्जीवन बिमा २०३ दशमलव ४६, जीवन बिमा ११९ दशमलव ७३, उत्पादनमूलक २१ दशमलव ५१, व्यापार ३ दशमलव १७ र लघुवित्त ५ दशमलव ६३ अङ्कले बढेको छ ।
यस्तै आज सबैभन्दा बढी होटल १८ दशमलव ८४, जलविद्युत् १० दशमलव २८, अङ्कले घटेको छ भने बैङ्किङ समूह ७ दशमलव ०२ प्रतिशतल घटेको छ ।

नेप्सेका अनुसार आज भार्गव विकास बैङ्कको सेयर मूल्य ९ दशमलव ४२ प्रतिशतले बढेको छ भने एक्सेल डेभलपमेन्ट बैङ्कको ४ दशमलव २९ प्रतिशतले घटेको छ ।