निगममा   कुरा बाझियो,  जहाज मात्र किनेर हुन्न खरेल,   किन्न डराउन हुन्न कंसाकार

नवनियुक्त अध्यक्ष खरेलले निगमको व्यापार सामान्य खुद्रा व्यापार गरेको जस्तो नभएकोले जहाज मात्र थप्न उचित नहुने बताएका छन् ।

नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष मदन खरेल र महाप्रवन्धक सुगतरत्न कंसाकार विच सुरुमै कुरा बाझिएको छ । अध्यक्ष खरेललाई स्वागतका लागि आयोजित कार्यक्रममा उनिहरुको कुरा बाझिएको हो ।

नवनियुक्त अध्यक्ष खरेलले निगमको व्यापार सामान्य खुद्रा व्यापार गरेको जस्तो नभएकोले जहाज मात्र थप्न उचित नहुने बताएका छन् । भएका जहाजलाई व्यवस्थापन र व्यवसायीक बनाउन आफ्नो पहिलो काम हुने बताउदै निगमलाई सक्षम र सबल बनाउन सबैलाई सहयोगका लागि अनुरोध गरेका छन् । निगमको आवश्यकतालाई ध्यानमा राखेर जहाज खरिद गर्ने खरेको भनाइ छ ।

यता निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले भने पाँच वर्ष भित्रमा ५ वटा वाइडवडी जहाज ल्याउनु पर्ने बताए । “नेपालको आर्थिक अवस्था मजबुत बनाउन पर्यटन क्षेत्रको ठूलो भुमिका हुन्छ, महाप्रवन्धक कंसाकारले भन त्यस्को लागि धेरैभन्दा धेरै जहाजहरु निगमले किन्नु पर्छ र जहाज किन्न डराउन हुन्न” । उनले आफु अध्यक्ष खरेलको प्रमुख सल्लाहकार भएर बस्न तयार रहेको बताउदै सल्लाह लिने र नलिने अध्यक्षकै हातमा रहेको बताए ।

सोमवार साझ कार्यलय पुगेका खरेललाई स्वागतका लागी सम्पूर्णकर्मचारीहरु कार्यालय अगाडी उपस्थित भएका थिए भने महाप्रवन्धक कंसकार त्यस कार्यक्रममा सहभागि भएनन् । अध्यक्ष खरेललेको स्वागतका लागि तयार पारिएको हलमा बसेका कंसकारले त्यहि स्वागत गरेका थिए । स्वागत कार्यक्रममा पनि सुरुमै आफ्नो मन्तव्य राखेर कार्यक्रमबाट बाहिरिएका थिए ।