अर्थमन्त्री डा. खतिवडाले बैङ्कलाई सेयर ब्रोकरको जिम्मेवारी दिन नेपाल राष्ट्र बैङ्क र नेपाल धितोपत्र बोर्डबीच छलफल भइरहेको बताए । उक्त दुई नियमन निकायको सहमतिपछि बैङ्कले ब्रोकरको लाइसेन्स पाउने र बजार स्वतः माथि जाने उनको सङ्केत थियो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले वाणिज्य बैङ्कले सेयर ब्रोकरको लाइसेन्स पाएपछि सेयर बजारको कारोबार बढ्ने बताएका छन् । अर्थ मन्त्रालयमा मङ्गलबार आयोजित पत्रकार सम्मलेनमा उनले बैङ्क तथा वित्तीय संस्थाले ब्रोकरको काम पाएपछि बजार अझ माथि जाने बताएका हुन् ।
अर्थमन्त्री डा. खतिवडाले बैङ्कलाई सेयर ब्रोकरको जिम्मेवारी दिन नेपाल राष्ट्र बैङ्क र नेपाल धितोपत्र बोर्डबीच छलफल भइरहेको बताए । उक्त दुई नियमन निकायको सहमतिपछि बैङ्कले ब्रोकरको लाइसेन्स पाउने र बजार स्वतः माथि जाने उनको सङ्केत थियो ।
उनले यसलाई अझ प्रस्ट्याउँदै भने बैङ्कलाई ब्रोकरको लाइसेन्स दिन धेरैले माग गरिहरका छन् । त्यसैले अबको केही समयमै बैङ्कले ब्रोकरको काम थाल्नेछन् । लगानीकर्ताले बैङ्कलाई सेयर ब्रोकरको लाइसेन्स दिनुपर्ने माग उठाएपछि राष्ट्र बैङ्कले मौद्रिक नीतिमा यस विषयलाई समेटेको थियो ।
यसअघि पनि लगानीकर्तासँगको भेटघाटमा खतिवडाले बैङ्कले ब्रोकरको लाइसेन्स पाएपछि सेयर बजारको विस्तार देशभर हुने बताउँदै आएका थिए ।