नेप्सेमा २ अङ्कको सामान्य सुधार, कारोबार घट्यो

साताको पहिलो दिन आइतबार बढेको नेप्सेमा हिजो सोमबार सामान्य अङ्कले गिरावट आएको थियो । त्यसैगरी आज तेस्रो दिन नेप्सेमा दुई अङ्कको सामान्य सुधार आएको छ । तर, नेप्से परिसूचक बढे पनि कारोबार भने सोमबारको तुलनामा घटेको छ ।

सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मङ्गलबार २ दशमलव ४१ अङ्कले घटेको छ । साताको पहिलो दिन आइतबार बढेको नेप्सेमा हिजो सोमबार सामान्य अङ्कले गिरावट आएको थियो । त्यसैगरी आज तेस्रो दिन नेप्सेमा दुई अङ्कको सामान्य सुधार आएको छ । तर, नेप्से परिसूचक बढे पनि कारोबार भने सोमबारको तुलनामा घटेको छ ।

आज कारोबार सुरु भएदेखि बढ्न थालेको नेप्से ४ अङ्क बढेपछि ५ अङ्क घटेको थियो । तर, लगत्तै उकालो लागेको नेप्सेले १ हजार २ सय ६१ अङ्कको बिन्दु छोयो । आज १ हजार २ सय ५६ दशमलव ७८ अङ्कबाट सुरु भएको बजार २ अङ्क बढ्दै १ हजार २ सय ५८ दशमलव ८१ अङ्क कायम भएको छ ।

नेप्से सामान्य अङ्कले बढेको दिन आज १ सय ६९ कम्पनीका ५ हजार ८ सय ३० कारोबारबाट १५ लाख ४४ हजार २ सय ५७ कित्ता सेयर खरिदबिक्री भई ४५ करोड ८६ लाख ९५ हजार ९ सय १७ रुपैयाँबराबरको कारोबार भएको छ, जुन सोमबारको कारोबार रकमभन्दा २३ करोडले कम हो ।

हिजो सोमबार नेप्सेमा १ सय ६७ कम्पनीका ६ हजार ९ सय ४१ कारोबारबाट २४ लाख २५ हजार ३ सय ३ कित्ता सेयर किनबेच भई ६८ करोड ७६ लाख ८८ हजार ६ सय ५३ रुपैयाँबराबरको कारोबार भएको थियो ।

बजार सामान्य अङ्कले बढ्दा नेप्सेमा कारोबार भएका सबै समूहमध्ये ३ समूहमा गिरावट आएको छ भने एकमा स्थिरता र अन्य ७ समूहमा सुधार आएको छ । मङ्गलबार नेप्से बढे पनि होटल २५ दशमलव ९३, बैङ्किङ २ दशमलव १३ र फाइनान्स १ दशमलव ८५ अङ्कले घटेका छन् । आज सबैभन्दा बढी निर्जीवन बिमा ७३ दशमलव ९५, जलविद्युत् ४२ दशमलव १२ तथा जीवन बिमामा १९ दशमलव ६१ अङ्कले सुधार आएको छ भने अरु समूहमा सामान्य सुधार आएको छ । यस्तै आज व्यापार समूह भने स्थिर रहे ।

अरुण काबेली पावरको सेयर मूल्य ९ दशमलव ८४ प्रतिशतले बढेको दिन आज हाथवे फाइनान्स कम्पनीको सेयर मूल्य ४ दशमलव ८३ प्रतिशतले घटेको छ । यस्तै आज एनएमबी बैङ्कको सबैभन्दा बढी ६९ हजार २ सय ८७ कित्ता सेयर किनबेच भएको छ ।