उनीहरुले म्याण्डाले ह्वीस्की, किङ फिसर वियर र ग्राण्ड रोयल ह्वीस्की मिसाएर पिएको बताइएको छ। मादक पदार्थमा विष हालिएको नहालिएको बारे प्रहरीले अनुसन्धान गरिरहेको मलेसियाली अधिकारीहरुले जनाएका छन् ।
विषाक्त मादक पदार्थ सेवनबाट ४ नेपाली सहित मलेसियामा १४ जनाको ज्यान गएको छ । रोजगारिका लागि मलेसिया पुगेका ४ नेपालीको मंगलवा ज्यान गएको हो । मलेसियाली अनलाइन पोर्टल द स्टारका अनुसार विषाक्त मादक पदार्थ सेवनबाट मृत्यु हुनेमध्ये ७ जनाको मात्र पहिचान भएको छ। जसमा ४ नेपाली, एक मलेसियन, एक भारतीय र एक बंगलादेशी नागरिक रहेका छन। उनीहरुको नाम भने खुलाइएको छैन।
उनीहरुले म्याण्डाले ह्वीस्की, किङ फिसर वियर र ग्राण्ड रोयल ह्वीस्की मिसाएर पिएको बताइएको छ। मादक पदार्थमा विष हालिएको नहालिएको बारे प्रहरीले अनुसन्धान गरिरहेको मलेसियाली अधिकारीहरुले जनाएका छन् ।
त्यस्तै मादक पदार्थको सेवनबाट १५ नेपालीसहित ३३ जना गम्भीर विरामी परेका समाचारमा जनाइएको छ। उनीहरुको मलेसियाकै विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ।
विरामी पर्नेहरुको १९ जनाको मात्र परिचय खुलेको र जसमा १५ जना नेपाली, २ मलेसियन र २ बंगली नागरिक रहेको जनाइएको छ।