यतीको नयाँ जहाज काठमाण्डौं आइपुग्यो

यो विमान भित्रिएपछि नेपाल सरकाले घोषणा गरेको भ्रमण बर्ष २०२० लाई सहयोग पुग्ने एयरलाइन्सले विश्वास लिएको छ ।

यती एयरलाइन्सको नयाँ जहाज मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । एयरलाइन्सको तेश्रो एटीआर ७२–५०० विमान आइपुगेको जनाएको छ ।

उक्त विमान फ्रान्सको टुलुस–इटली–इजिप्ट–मस्कट हुँदै काठमाण्डौं अवतरण गरेको हो । यो फ्रान्सेली–इटालियनको सहकार्यमा उत्पादित ट्वीन इञ्जिन टर्बोप्रप विमान हो । यसको उत्कृष्ट निर्माण र प्रदर्शनले गर्दा एटीआर ७२–५०० संसारको सबैभन्दा सफल क्षेत्रिय क्यारियरहरु मध्येमा पर्दछ । एटीआर ७२–५०० विमानको विश्व प्रसिद्ध ग्लोबल अपरेटरहरु एयर न्यूजिल्याण्ड, एयर लिङ्स, एस.ए.एस, एच ओ पी, लिव, अजुल, बैंकक एयरवेज, जेट एयरवेज, मलिन्दो आदी हुन् ।

नयाँ विमानले भद्रपुर र पोखरामा उडान भर्ने विज्ञप्तीमा उल्लेख गरेको छ । यो विमान भित्रिएपछि नेपाल सरकाले घोषणा गरेको भ्रमण बर्ष २०२० लाई सहयोग पुग्ने एयरलाइन्सले विश्वास लिएको छ । यति एयरलाइन्सले १९९८ मा सेवाको थालनी गरेको थियो ।