विषाक्त मदिरा सेवनबाट मलेसियामा ६ नेपालीको मृत्यु , १७ जनाको उपचार हुँदै

मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत कुमारराज खरेलका अनुसार हालसम्म ६ जनाको ज्यान गइसकेको र १७ जनाको उपचार भइरहेको छ ।

विषाक्त मदिरा सेवनबाट मलेसियामा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६ पुगेको छ । मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत कुमारराज खरेलका अनुसार हालसम्म ६ जनाको ज्यान गइसकेको र १७ जनाको उपचार भइरहेको छ ।

वैदेशिक रोजगारीका लागि मलेसिया गएका उनीहरुले मङ्गलबर म्यान्डाले ह्वीस्की, किङ फिसर बियर र ग्रान्ड रोयल ह्वीस्की मिसाएर पिएको बताइएको छ । मादक पदार्थमा विष हालिएको नहालिएको बारे प्रहरीले अनुसन्धान गरिरहेको मलेसियाली अधिकारीहरुले जनाएका छन् । मृतकहरूको नाम र ठेगाना अझै खुलाइएको छैन ।

विषाक्त मदिरा सेवनकै कारण अन्य देशका नागरिकहरुको पनि ज्यान गएको र केही बिरामी भएर उपचार भइरहेको जनाइएको छ ।