कलङ्कीमा सडक स्तरोन्नति धमाधम (फोटो फिचरसहित)

अहिले यहाँ गाडी सरासर हिँड्न सक्ने अवस्था छैन । बल्खुतिरबाट कलङ्की जाने गाडी बल्खुबाट राम्रोसँग अघि बढ्न पाएका छैनन् । धूलोधुवाँले यहाँको वातावरण अस्तव्यस्त बन्दै छ । आशा गरौं, दसैंमा उपत्यकाबाट बाहिरिने यात्रुका लागि यो बाटो छिट्टै बनोस् ।

दसैं नजिकिँदै छ । केही दिनभित्र व्यवसायीले दसैंका लागि अग्रिम बुकिङ खोल्दै छन् । कलङ्की उपत्यका भित्रिने र यहाँबाट बाहिरिनेका लागि ठूलो नाका पनि हो । यहाूँ अन्डरपास निर्माण भइसकेको छ ।

अझै यहाँ केही काम बाँकी भने छ । त्यसैले अझ पनि कलङ्की हुँदै चल्ने गाडीले सरासर आवतजावत गर्न पाएका छैनन् । हुन त यो सडक दसैंअघि नै निर्माण सम्पन्न गर्ने गरी काम गरिएको हो । तर अहिले यहाँ गाडी सरासर हिँड्न सक्ने अवस्था छैन । बल्खुतिरबाट कलङ्की जाने गाडी बल्खुबाट राम्रोसँग अघि बढ्न पाएका छैनन् । धूलोधुवाँले यहाँको वातावरण अस्तव्यस्त बन्दै छ । आशा गरौं, दसैंमा उपत्यकाबाट बाहिरिने यात्रुका लागि यो बाटो छिट्टै बनोस् ।