चम्पुजा डाँडा पर्यटकीय गन्तव्य बन्दै

जिरी, हनुमन्ते डाँडा, मैनापोखरी, मार्वु र जुगु क्षेत्रको अवलोकन गर्नसमेत यहाँ पर्यटक आउने गरेका छन् । नेवार बस्तीभन्दा माथि रहेको मञ्जुश्रीको मन्दिर, कालीञ्चोक भगवती, हिउँले ढाँकेको उच्च पहाडी हिमशृङ्खलाका मनमोहक दृश्य चम्पुजा डाँडाबाट सहजै हेर्न सकिने स्थानीवासी हरि श्रेष्ठ बताए।

भीमेश्वर नगरपालिका–४ दुंगलस्थित चम्पुजा डाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो समय चम्पुजा डाँडामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । यहाँबाट गौरीशङ्कर हिमालका साथै तामाकोशी नदीको दृश्यावलोकन गर्न सकिन्छ । जिरी, हनुमन्ते डाँडा, मैनापोखरी, मार्वु र जुगु क्षेत्रको अवलोकन गर्नसमेत यहाँ पर्यटक आउने गरेका छन् । नेवार बस्तीभन्दा माथि रहेको मञ्जुश्रीको मन्दिर, कालीञ्चोक भगवती, हिउँले ढाँकेको उच्च पहाडी हिमशृङ्खलाका मनमोहक दृश्य चम्पुजा डाँडाबाट सहजै हेर्न सकिने स्थानीवासी हरि श्रेष्ठ बताए।

जिल्लामा आउने आन्तरिक पर्यटक अधिकांश दोलखा भीमेश्वर मन्दीर तथा कालीञ्चोक भगवतीको दर्शन गर्न आउने गरेका छन् । उनीहरु चम्पुजा डाँडा अनिवार्य पुग्ने गरेका छन् । यहाँ भीमेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा भीमेश्वर नगरपालिका–४ का बासिन्दाको विशेष पहलमा चम्पुजा उद्यान निर्माण गरिएको छ ।

“चम्पुजा उद्यान दोलखा बजारकै आकर्षणको केन्द्र बनेको छ,” स्थानीय पर्यटन व्ययसायी लाक्पा शेर्पाले भने । उद्यानकै कारण चम्पुजा डाँडा यहाँको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको उनको भनाइ छ । भीमेश्वरको दर्शनपछि पर्यटक यहाँका मनोरम दृश्य अवलोकन गर्न चम्पुजा डाँडा पुग्ने गरेका छन् ।

विश्वकै अग्लो हिमशिखर सगरमाथा हिमालको प्रवेशद्वार जिरीको आफ्नै मौलिक एवं पर्यटकीय महत्व छ । विश्वप्रसिद्ध च्छोरोल्पा हिमताल, रोल्वालिङ क्षेत्र, लामाबगर, बीगु गुम्बा, हिम आरोहीको बासस्थल बेदिङ गाउँ, शैलुङ्गेश्वर, देउलाङ्गेश्वर महादेव, जटापोखरीलगायत पर्यटकीय गन्तव्य हुन् ।रासस