मितेरीले १७ प्रतिशत बोनस सेयर दिने

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर दिने भएको हो । १७ प्रतिशतका दरले हुने ८ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर दिने कम्पनीले जनाएको छ ।

मितेरी विकास बैङ्कले आफ्ना सेयरधनीलाई १७ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर दिने भएको हो । १७ प्रतिशतका दरले हुने ८ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर दिने कम्पनीले जनाएको छ ।

साथै, कम्पनीले कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशतका दरले हुन आउने ४४ लाख ७३ हजार ६ सय ८४ रुपैयाँबराबर नगद लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागू हुने छ ।