साताको अन्तिम दिन नेप्से ३ अङ्कले घट्यो

साताको अन्तिम दिन बिहीबार नेप्सेमा बिमा र बैङ्किङ समूहमा गिरावट आएपछि समग्र बजार घटेको हो । आज कारोबार भएको समूहमध्ये ३ समूहमा वृद्धि तथा ८ समूहमा गिरावट आएको छ । आज होटल २० दशमलव ५७, विकास बैङ्क ४ दशमलव ६९ र अन्य १ दशमलव ८३ अङ्कले घटेको छ ।

साताको अन्तिम दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ दशमलव ७४ अङ्कले घटेको छ । केही दिनयता स्थिर अवस्थामा घटबढ हुँदै आएको नेप्सेले साताको अन्तिम दिन पनि त्यही नीति अवलम्बन ग¥यो । सातामा आइतबारबाहेक अन्य दिन स्थिर रहँदै घटबढ हुँदै आएको छ ।

आइतबार भने ११ अङ्कले बढेको नेप्से सोमबार २ अङ्कले बढ्यो भने मङ्गलबार स्थिर रह्यो । यस्तै आज बिहीबार ३ अङ्कले ओरालो लाग्यो । १ हजार २ सय ५९ अङ्कबाट सुरु भएको बजार ३ अङ्कले घट्दै १ हजार २ सय ५५ अङ्क कायम भएको छ ।

कारोबार सुरु भएदेखि नै घट्न थालेको बजार ९ अङ्कको गिरावटपछि लयमा फर्कदै उकालो लागेको थियो । त्यसपछि बढेर १ अङ्कसम्मको वृद्धिपछि फेरि बजार ओरालो लाग्दै ३ अङ्कले घटेको हो ।

आज नेप्सेमा १ सय ६७ कम्पनीका ५ हजार ९ सय ६६ कारोबारबाट २० लाख १५ हजार ८ सय २९ कित्ता सेयर कारोबार भई ५५ करोड ५० लाख ६१ हजार ५ सय २ रुपैयाँबराबरको कारोबार भएको छ, जुन मङ्गलबारको कारोबार रकमभन्दा १० करोडले बढी हो ।

नेप्सेमा मङ्गलबार १ सय ६९ कम्पनीका ५ हजार ८ सय ३० कारोबारबाट १५ लाख ४४ हजार २ सय ५७ कित्ता सेयर खरिदबिक्री भई ४५ करोड ८६ लाख ९५ हजार ९ सय १७ रुपैयाँबराबरको कारोबार भएको थियो ।

साताको अन्तिम दिन बिहीबार नेप्सेमा बिमा र बैङ्किङ समूहमा गिरावट आएपछि समग्र बजार घटेको हो । आज कारोबार भएको समूहमध्ये ३ समूहमा वृद्धि तथा ८ समूहमा गिरावट आएको छ । आज होटल २० दशमलव ५७, विकास बैङ्क ४ दशमलव ६९ र अन्य १ दशमलव ८३ अङ्कले घटेको छ ।

यस्तै निर्जीवन बिमा १०७ दशमलव ४८ जिवन बिमा ७९ दशमलव ८१ अङ्कले घटेको छ । त्यसबाहेक ओरालो लागेको अरु समूह भने सामान्य अङ्कले घटेका छन् । बैङ्किङ १ दशमलव ६५ अङ्कले घटेको छ ।

नेप्से घटेको दिन आज ग्लोबल आइएमई सम्मुनत स्किमको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य ५ दशमलव ८८ प्रतिशतले घटेको छ ।