नेपाल पर्यटन बोर्डले दिएको तथ्याङ्कअनुसार अगष्टमा मात्र ८७ हजार छ सय ७९ जना पर्यटक नेपाल आएका छन् । २०१७ को अगष्टमा ७३ हजार सात सय ७८ जना पर्यटक नेपाल आएका थिए ।
छ महिनाको अवधिमा ६ लाख ८० हजार नौ सय ९६ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको तथ्याङ्कअनुसार अगष्टमा मात्र ८७ हजार छ सय ७९ जना पर्यटक नेपाल आएका छन् । २०१७ को अगष्टमा ७३ हजार सात सय ७८ जना पर्यटक नेपाल आएका थिए ।
पर्यटनका लागि अफ सिजनको रुपमा लिइने असार र साउन महिनामा उत्साहजनक पर्यटक भित्रिएको बोर्डका सीईओ दीपकराज जोशीको भनाइ छ । पछिल्लो समय युरोपका पर्यटकहरु नेपाल आउनेको क्रम बढिरहेको छ ।
२०१७ को अगस्ट महिनामा भारतीय पर्यटकको आगमन ३७.३ प्रतिशत बढेको छ । यस्तै श्रीलङ्काको आगमन पनि ७४.५ प्रतिशतले वृद्धि भएको छ । यो अवस्थामा सार्क मुलुकको कुल आगमन ४८.३ प्रतिशत छ ।
यस्तै चीनबाट आउने पर्यटकको सङ्ख्या गएको वर्षभन्दा यो वर्ष ६३.९ प्रतिशतले वृद्धि भएको छ । जापन र मलेसियाका पर्यटक आगमनमा क्रमश ३.७ र ३४.९ प्रतिशतले वृद्धि भइरहेको छ । यस्तै युरोपका पर्यटकहरुको आगमनमा पनि वृद्धि भइरहेका छन् । हाल युरोपबाट नेपालमा आउनेको सङ्ख्या २१.३ प्रतिशत छ ।
यसैगरी अमेरिकाबाट नेपाल घुम्न आउनेको सङ्ख्या पनि निरन्तर बढिरहेको जनाइएको छ । जुलाईको तथ्याङ्कअनुसार १५ प्रतिशत अमेरिकी पर्यटक नेपाल आएका छन् । स्विडेनबाट आउने पर्यटकको सङ्ख्या भने घटेको छ । पोहोर अगस्टमा एक सय १५ स्विडिस नेपाल आएकामा यो वर्ष अगस्टमा घटेर ८६ मा सीमित भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने तयारी गरिरहेको छ । यसै क्रममा पर्यटन बोर्डले विभिन्न भाषामा वेबसाइड बनाएर प्रचार सुरु गरेको छ ।