सातामा २४ प्रतिशतले कारोबार बढ्दा नेप्से १० अङ्क बढ्याे

गत साता नेप्सेमा १ सय ८६ कम्पनीको २३ हजार ६ सय ११ कारोबारबाट दुई अर्ब १० करोड १५ लाख ६५ हजार रुपैयाँबराबरका एक करोड दुई लाख ५५ हजार छत सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार २४ दशमलव ९१ प्रतिशतले बढ्दा नेप्से परिसूचक १० अङ्क माथि चढेको छ । सातामा २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से परिसूचक १० दशमलव २३ अङ्कले बढेको हो । सातामाा १ सय ८९ कम्पनीको २७ हजार ७ सय कारोबारबाट दुई अर्ब ६२ करोड ५० लाख रुपैयाँबराबरको काारोबार भएको छ, जुन गत साताको कारोबार रकमभन्दा २४ दशमलव ९१ प्रतिशत बढी हो ।

गत साता नेप्सेमा १ सय ८६ कम्पनीको २३ हजार ६ सय ११ कारोबारबाट दुई अर्ब १० करोड १५ लाख ६५ हजार रुपैयाँबराबरका एक करोड दुई लाख ५५ हजार छत सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यस्तै गत साताको तुलनामा नेप्से १० दशमलव २३ अङ्कले उकालो लागेको छ । गत साताको विहीबार १ हजार २ सय ४४ दशमलव ८४ अङ्कमा कायम भएको नेप्से हिजो विहीबार १ हजार २ सय ५५ दशमलव ७ अङ्क कायम भएको छ । साताको पहिलो दिन नेप्से ११ अङ्कले बढेको थियो । यस्तै सोमबार सामान्य अङ्कले घटेको थियो भने मङ्गलबार २ अङ्कले बढेको थियो । बुधबार करोबार नभएको नेप्सेमा विहीबार ३ अङ्कले घटेको थियो ।

 

सातामा सबैभन्दा बढी एनएमबी बैङ्कको १९ करोड ९० लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी सबैभन्दा बढी ५ लाख ५३ हजार कित्ता सेयर किनबेच र १ हजार ४ सय ५७ ओटा कारोबार भई एनएमबी बैङ्क अग्रस्थानमा छ । यस्तै यस साता एनआईसी एसिया बैङ्कको १२ करोड १० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।