नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने भएको हो । गत आर्थिक वर्षको नाफाबाट दिइने उक्ता लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लागू हुनेछ ।
यस्तै कञ्चन डेभलपमेन्ट बैङ्कले गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ५ प्रतिशतका दरले हुने २ करोड ५३ लाख रुपैयाँबराबरको बोनस सेयर र ६ दशमलव २९ प्रतिशतका दरले हुने ३ करोड १८ लाख १४ हजार ७ सय ५० रुपैयाँबराबरको नगद लाभांश दिने भएको हो ।
कम्पनीको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लागू हुनेछ ।