राष्ट्र सङ्घको वार्षिक बजेटमा २८.६ करोड डलर कटौती

यो कटौती धेरैजसो विभाग र कार्यालयहरुमा अनौपचारिक जनशक्ति (नन–पोस्ट रिसोर्स) लाई घटाउँदा भएको हो । यसमा विशेष राजनीतिक मिशन पनि समावेस छन् ।

संयुक्त राष्ट्र सङ्घले आगामी वर्ष २०१७–१८ का लागि आप्mनो वार्षिक बजेटमा २८.६ करोड डलरको ऐतिहासिक कटौती गरेको छ । यो राशी २०१६–१७ को बजेटको तुलनामा पाँच प्रतिशत जति थोरै हो । र, अन्य खर्च जोडेर २०१८–१९ का लागि प्रस्तावित बजेटभन्दा १९.३ करोड डलर थोरै हो ।

संयुक्त राष्ट्र सङ्घले हिजो एउटा विज्ञप्तिमा भनेको छ, आइतबार महासभाले २०१८–२०१९ का लागि ५.३९७ अरब डलरको वार्षिक बजेटलाई पारित गरेको छ । संयुक्त राष्ट्र सङ्घले आप्mनो विज्ञप्तिमा भनेको छ, यो कटौती धेरैजसो विभाग र कार्यालयहरुमा अनौपचारिक जनशक्ति (नन–पोस्ट रिसोर्स) लाई घटाउँदा भएको हो । यसमा विशेष राजनीतिक मिशन पनि समावेस छन् । वर्ष २०१८–१९ का लागि कूल मान्य ओहोदाहरुको सङ्ख्या ९९५९ तोकिएको छ, जुन २०१६–१७ को स्वीकृतभन्दा १३१ पद कम हो ।

उता अमेरिकाले यस कटौतीका बारेमा आपूmसँग कुराकानी भएको दाबी गरेको छ । संयुक्त राष्ट्र सङ्घको यस बजटमा कटौतीको श्रेय लिँदै संयुक्त राष्ट्र सङ्घका लागि अमेरिकी राजदूत भारतीय मूलकी निक्की हेलीे भन्छिन्, ‘सन् २०१६–१७ को अन्तिम बजटमा २८.५ करोड डलर कटौतीका लागि कुराकानी भएको थियो ।‘ उनले भनिन्, लागत खर्चमा यो महत्वपूर्ण कटौतीका कारण संयुक्त राष्ट्र सङ्घको व्यवस्थापनको बोझलाई कम गर्नु र, कामलाई महत्व दिनु हो । साथै संयुक्त राष्ट्र सङ्घको कार्यप्रणालीलाई अझ बढी अनुशासित र जिम्मेवार बनाउनु पनि हाम्रो कोशिश हो । संयुक्त राष्ट्र सङ्घको नचाहिँदो फुर्मास गर्ने बानी र अक्षमता सबैलाई थाहा छ । तसर्थ हामी अमेरिकी नागरिकहरुको यो दयालुपनलाई कुनै निगरानी बिना त्यत्तिकै जारी राख्न सक्दैनौं ।

भाषा