चाँगुनारायण मन्दिर सर्वसाधारणका लागि खुल्ला

चाँगुनारायण सँगै, छिन्नमस्ता सरस्वती, किलेश्वर महादेव मन्दिरको पनि जीर्णोद्धर दुई वर्षमा सम्पन्न गरिएको हो । ऐतिहासिक गौरब बोकेको मन्दिर निर्माण सम्पन्न भएको जानकारी गराउन पाउँदा खुशी लागेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले बताए ।

भक्तपूरमा रहेको ऐतिहासीक चाँगुनारायण मन्दिरमा सर्वसाधारणका लागि खुल्ला गरिएको छ । भुकम्पले क्षतिग्रस्त पाँचौ शताब्दीमा निर्मित चाँगुनारायण मूल मन्दिरको जीर्णोद्धार पछि शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले मन्दिरमा क्षमापूजा गर्दै सर्वसाधारणका लागि खुला गरेका हुन् ।

चाँगुनारायण सँगै, छिन्नमस्ता सरस्वती, किलेश्वर महादेव मन्दिरको पनि जीर्णोद्धर दुई वर्षमा सम्पन्न गरिएको हो । ऐतिहासिक गौरब बोकेको मन्दिर निर्माण सम्पन्न भएको जानकारी गराउन पाउँदा खुशी लागेको मन्त्री अधिकारीले बताए ।
उनले विकास समितिको सभापति हुँदा मन्दिर जीर्णोद्धारका लागि बजेट विनियोजनमा खेलेको भुमिका स्मरण गर्दै भने, मन्दिर जीर्णोद्धार सम्पन्न भएकोमा खुशी लागेको छ, अब यी सम्पदाको संरक्षण र उपयोग स्थानीय सरकारले गर्नु पर्छ । हामी केन्द्रबाट सहयोग गर्न तयार छौं ।

मन्त्री अधिकारीले मन्दिर परिसरमा आगन्तुक पर्यटक तथा दर्शनार्थीलाई सम्पदाबारे जानकारी दिन ऐतिहासिक घटना क्रम सहितको सूचना बोर्ड राख्न स्थानीय सरकारका प्रतिनिधिलाई आग्रह गरेका छन् । २०७२ बैशाखमा गएको विनासकारी भूकम्पले क्षतिग्रस्त भक्तपुर स्थित चाँगुनारायण मन्दिर सन् १९७९ मा विश्व सम्पदा स्थलमा सूचीकृत भएको थियो ।

८० लाखको लागतमा चाँगुनारायण मन्दिर जीर्णोद्धार सम्पन्न भएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताए । दाहालले लक्ष्मी नारायण मन्दिर, संख चक्र गणेश, भिमसेन पाटी, चौघेरा सत्तल र आसपासका सम्पदाहरु पुनः निर्माण गर्न बहुबर्षीय योजना अन्तर्गत बोलपत्र स्वीकृत भएको जानकारी गराए । कार्यक्रममा प्रदेश सांसद, भक्तपुर नगरपालिका मेयर, प्रमुख जिल्ला अधिकारी र स्थानीयको उपस्थिति रहेको थियो ।