एक अर्ब खर्चेर बौद्धमा खुल्यो मुखुम अन्तराष्ट्रिय होटल, पर्यटनमन्त्री अधिकारीद्धारा उद्घाटन

पछिल्लो समय स्वदेशमा अवसर नदेखेर विदेशीन बाध्य युवाहरुले पनि यस्तै खालका व्यवसाय र पर्यटनमूखी उद्योग तथा अगाडी बढाउनुपर्ने बताए ।

काठमाडौँस्थित बौद्धमा एक अर्ब रुपैँया खर्च गरी मुखुम अन्र्तराष्ट्रिय होटल खुलेको छ । पछिल्लो समय ठूला लगानीमा होटल व्यवसाय गर्ने होडबाजी चलिरहेका बेला मुगुवाली एक व्यवसायी तथा समाजसेवीले उक्त होटल सञ्चालनमा ल्याएका हुन् । होटलको शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले उद्घाटन गरेका छन् ।

होटल उद्घाटन पछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले कला, संस्कृति र परम्पराको पहिचान गर्दै रोजगारीका अवसर सिर्जना गर्न मुखुम होटल महत्वपूर्ण रहेको बताए । पछिल्लो समय स्वदेशमा अवसर नदेखेर विदेशीन बाध्य युवाहरुले पनि यस्तै खालका व्यवसाय र पर्यटनमूखी उद्योग तथा अगाडी बढाउनुपर्ने बताए ।

त्यस्तै विशिष्ट अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन राज्यमन्त्री धनबहादुर बुढाले मुलुकको पर्यटन र कला, संस्कृतिकको क्षेत्रको विकासका आफुले निरन्तर काम गर्ने बताए । उनले मुगु जिल्ला र समग्र कर्णाली क्षेत्रको विकासलाई मुख्य प्राथमिकतामा राखेको बताए । उनले मुलुकको आर्थिक समृद्धि र विकासमा आफुले कुनैपनि भष्टचार र बद्नाम हुने खालको काम नगर्ने स्पष्ट पारे ।

मुगुबाट व्यवसायिक यात्रा सुरु गरेका व्यवसायी तथा बौदिष्ट गुरु छोकु रिमकोटे लामाले आफ्नो लगानीमा उक्त होटल सञ्चालनमा ल्याएका हुन । लामा मुग कल्याण समाज गुम्बाका निर्वतमान अध्यक्ष पनि हुन । उनले विभिन्न सामाजिक क्षेत्रका काम गर्दै आएका छन् । त्यस्तै लामाले समाजसेवा र व्यवसायिक यात्रा पनि निरन्तर अगाडी बढाएका हुन् ।

कार्यक्रममा केन्द्रिय नेता, प्रदेश सांसद, स्थानीय सरकारका जनप्रतिनिधि मन्तव्य राखेका थिए ।उक्त कार्यक्रममा बुद्धिष्ट अनुयायी सँगै मुगु क्षेत्रको मौलिक संस्कृति र भेषभूषा झल्किने पोशाक सहित सर्वसाधारणहरुको सहभागिता रहेको थियो । मुगु संस्कृतिको गीत तथा नृत्य समेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा अतिथि तथा अन्य पाहुनाहंरुलाई मायाको चिनो वितरण गरिएको थियो ।

तीन तारे उक्त अन्र्तराष्ट्रिय होटलमा पाहुनाहरुका लागि मौलिक संस्कृति अनुसार स्वागत सत्कार गरी आरामदायी रुपमा खाना बस्नको व्यवस्था रहेको सञ्चालक पुष्प पौडेलले बताए । स्वीमिङ पुल सँगै हरियाली तथा प्राकृतिक बातावरणमा होटल चिटिक्क पारिएको छ ।