ललितपुरको महानगरपालिका परिसरमा आयोजना गरिएको प्रतिमा अनावरण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले अरनिको नेपालका साँस्कृतिक दूत भएकाले नेपाल–चीन सम्बन्ध परिपक्व अवस्थामा पुगेको बताइन् ।
नेपालका प्रख्यात महान कलाकार तथा नेपाली कलासंस्कृतिका ऐतिहासिक धरोहर राष्ट्रिय विभूति अरनिको पूर्णकदको शालिक (प्रतिमा) राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरेकी छिन् ।
ललितपुरको महानगरपालिका परिसरमा आयोजना गरिएको प्रतिमा अनावरण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले अरनिको नेपालका साँस्कृतिक दूत भएकाले नेपाल–चीन सम्बन्ध परिपक्व अवस्थामा पुगेको बताइन् ।
तेह्रौं शताब्दीमा नेपालबाट चीनमा गएका कलाकार अरनिकोले नेपाली मौलिक शैलीका श्वेतचैत्य र विहारहरू निर्माण गरेर चीन – नेपाल जनस्तरीय तथा साँस्कृतिक सम्बन्ध विकासमा योगदान पु¥र्याएको राष्ट्रपति भण्डारीको भनाइ छ ।
सस्कृतिक पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले नेपाली कला र संस्कृतिको विश्वमै एक विशिष्ट स्थान रहेको कुरा सर्वविवितै रहेको भन्दै यसलाई संरक्षण र सम्बर्धन गर्न सबैको दायित्व भएको बताए ।
इशाको तेह्रौ शताब्दिमा नेपालमा जन्म लिई नेपाल भित्र मात्र सिमित नभई तिब्वत र चीनमा समेत आफ्नो अभुतपूर्व कलाकौशलको माध्यमबाट कालजयी धातु तथा प्रस्तरका मूर्ति तयार गर्नुका साथै विश्वमै ख्यातिप्राप्त अनुपम वास्तुकला निर्माण गरेका अरनिको नेपालका अमूल्य रत्न रहेको मन्त्रि अधिकारीको भनाइ छ ।
मन्त्री अधिकारिले आफ्नो सम्बोधनमा विख्यात वास्तुकला प्रतिमूर्ति अरनिको जस्ता ऐतिहासिक व्यक्तित्वको प्रतिमा निर्माण गर्ने कलाकार प्रकाश रत्न शाक्य र ललितपुर महानगरपालिकालाई बधाई तथा धन्यवाद व्यक्त गरे ।
नेपालका लागि चिनियाँ राजदूत यु होङले चीन र नेपालबीचको सम्बन्ध प्रवद्र्धनमा अरनिकोले पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै अरनिकोले नेपाल चीनबीचको परम्परागत मित्रताको विकासमा प्रेरणा दिएको बताए ।
नेपाल र चीन विच सास्कृतिक सम्बन्ध बलियो छ, चीनमा छ वर्ष काम गरेका संस्कृतिविद् सत्यमोहन जोशीले बताए । दुई देशबीच हिमालका शिखरका कारण अनेक कठिनाइ भएपनि अनादिकालदेखि नै साँस्कृतिक सम्बन्ध बलियो रहेको देखिन्छ । अरनिको शालिक बनाउने मेरो ठुलो धोको ललितपुर महानगरपालिकाले पुरा गरेकोमा खुशी लागेको जोशीले बताए । यसैबीच अरनिकोको शालिक बनाउने मूर्तिकार प्रकाशरत्न शाक्यलाई सोही समारोहमा प्रशंसापत्र प्रदान गरिएको छ ।